82
आसापको एउटा भजन। 
 1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। 
उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ। 
 2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? 
कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?” 
 3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। 
ती गरीब मानिसहरूका अधिकारको रक्षा गर। 
 4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। 
दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचऊ। 
 5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। 
तिनीहरू बुझ्दैनन्! 
तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, 
तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!” 
 6 म सर्वशक्तिमान परमेश्वर भन्दछु, 
“तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ। 
 7 तर तिमीहरू मर्नेछौ 
जसरी अन्य अगुवाहरू मर्दछन्।” 
 8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्। 
तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।