1लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए । 2कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 3अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए । 4एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए । 5अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए । 6उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए । 7मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए । 8अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए । 9अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए । 10योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे । 11अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए । 12अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए । 13शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए । 14अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए । 15परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए । 16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए । 17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए । 18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 19मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ । 20गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए । 21तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए । 22कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्‍सीर थिए । 23तिनका छोरा एल्‍काना थिए । तिनका छोरा एब्‍यासाप थिए । तिनका छोरा अस्‍सीर थिए । 24तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए । 25एल्‍कानाका छोराहरू अमासै, अहीमोत, 26अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत, 27तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए । 28शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए । 29मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए । 30तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए । 31सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ । 32सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे । 33आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए । 34शमूएल एल्‍कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए । 35तोह सूपका छोरा थिए । सूप एल्‍कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्‍कानाका छोरा थिए । 36एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्‍याहका छोरा थिए । 37समपन्याह तहतका छोरा थिए । तहत अस्‍सीरका छोरा थिए । अस्सीर एब्‍यासापका छोरा थिए । एब्‍यासाप कोरहका छोरा थिए । 38कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए । 39हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे । आसाप बेरेक्‍याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए । 40शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्‍कियाहका छोरा थिए । 41मल्कियाह एत्‍नीका छोरा थिए । एत्‍नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए । 42अदायाह एतानका छोरा थिए । एतान जिम्‍माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए । 43शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए । 44हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए । 45मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए । 46हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए । 47शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए । 48तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो । 49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए । 50हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए । 51अबीशूका छोरा बुक्‍की थिए । बुक्‍कीका छोरा उज्‍जी थिए । उज्‍जीका छोरा जरयाह थिए । 52जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए । 53अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए । 54हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) । 55उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए, 56तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए । 57हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित, 58खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए । 59अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए । 60अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो । 61कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो । 62गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो । 63मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए । 64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए । 65माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो । 66कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए । 67तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित, 68खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन, 69खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो । 70मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने । 71गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए । 72इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत, 73खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए । 74इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन, 75खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे । 76तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे । 77मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे, 78अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह, 79खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात, 80लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम, 81खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे ।